काठमाडौँ- राष्ट्रिय खेलकुद परिषद राखेपले आफ्नो ६१औँ वार्षिक उत्सव मनाएको छ।

परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले बिहीबार सबै खेलकुद कर्मीहरूलाई शुभकामना दिँदै वार्षिक उत्सवको मूल समारोह केही दिनपछि हुने जानकारी दिएका छन्।

पहिलो पटक खेलकुद ऐन जारी भएको दिन भदौ १३ गते परिषद्ले आफ्नो स्थापना दिवस मनाउँदै आएको छ । मूल समारोह कार्यक्रममा खेलाडी, प्रशिक्षक, कर्मचारी तथा खेल सङ्घ र सहयोगी संस्थाहरूलाई सम्मान पनि गर्दै आएको छ ।

२०२१ भदौ १३ गते पहिलो खेलकुद ऐन जारी भएको थियो । २०१५ सालमा स्थापना भए पनि छुट्टै ऐन जारी भएको दिनलाई परिषद्ले स्थापना मान्दै आएको छ ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile