काठमाडौँ- स्पेनिस ला लिगा फुटबलमा स्टार खेलाडीले भरिएको टोलि रियल मड्रिडले अर्को बराबरिको नतिजामा चित्त बुझाएको छ।
नयाँ सिजनको लिगको पहिलो खेलमा पनि रियलले मालोर्कासंग पनि बराबरि खेलेको थियो।
नयाँ प्रसिद्ध अनुहार केलियन एम्बाप्पेले तेस्रो खेलसम्मपनि ला लिगामा डेब्यु गोल गर्न सकेनन्।
साबिक विजेता रियलले लास पालमाससंग १-१ गोलको बराबरि खेलेको हो।
अल्बेर्टो मोलिरोले गोल गर्दै पालमासलाई अग्रता दिलाउदा भिनिसियस जुनियरले रियललाई खेलमा फर्काएका थिए।
यो बराबरि संगै रियलको ३ खेलमा ५ अंक रहेको छ। शिर्ष स्थानको बार्सिलोनाको समान खेलमा ९ अंक रहेको छ।

