काठमाडौँ- नेपाल पौडी संघको आयोजनामा सातदोबाटोस्थित पौैडी पोखरीमा आधारभुत पौडी प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ।
सोमबार एक कार्यक्रमकाबीच तालिमको नेपाल पौडी संघका अध्यक्ष जगत मान श्रेष्टले उद्घाटन गरेका छन् ।

यस तालिममा २५ जना प्रशिक्षार्थीको सहभागी रहेको संघले जनाएको छ । तालिम आजबाट भाद्र १५ गते सम्म संचालन हुनेछ।
पौडी प्रशिक्षकको अभावमा पौडी प्रशिक्षणमा देखिएको असहजता लाई मध्यनजर गर्दै यो वर्ष संघले पाँच प्रदेश सहित
केन्द्रमा तालिम संचालन गर्न लागेको हो ।
यसपछि देशका सातै प्रदेशमा आगामी भदौँ अन्तिम देखि तालिम संचालन गर्न राष्ट्रिय खेलकुद परिषदबाट स्वीकृति लिईसकेको
संघका प्रवक्ता उमेश प्रधानले बताएका छन् ।
