काठमाडौँ- अर्जेन्टाइन विश्वविजेता स्टार कप्तान लियोनल मेस्सीले साउदी अरेबियन क्लब अल हिलालबाट आएको १ बिलियन युरोको अफर अस्विकार गरेका छन्।

ट्रान्सफर मार्केटका चर्चित पत्रकार फाब्रिजियो रोमानोका अनुसार मेस्सीले गत सिजन अल हिलालबाट आएको यति ठुलो रकमको अफर रिजेक्ट गरेका हुन्।

यो अफर अहिलेसम्म कुनैपनि खेलाडीले पाएको सबैभन्दा ठुलो रकमको समेत हो।

अमेरिकी क्लब इन्टर मायामीमा आबद्ध रहेका मेस्सीलाई त्यहिबाट हिलाले आफ्नो क्लबमा भित्राउन चाहान्थ्यो।

मेस्सीलाई हिलाले दिएको अफरमा प्रति दिनको रकम २.७ मिलियन युरो,प्रति हप्ता २०.८ मिलियन युरो र प्रति महिना ८३.३ मिलियन युरो समावेश गरेको थियो। तर यो अफरलाई मेस्सीले अस्विकार गर्दै थोरै मुल्यमा इन्टर मायामीबाट खेलिरहेका छन्।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile