काठमाडौं- रातो बंगलाले ३० औं ज्ञान कार्निभल अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा सोमबार दोहोरो जित हात पारेको छ ।
ब्वाइजमा रातो बंगलाले पाठशाला, बानेश्वरलाई ३६—११ ले पराजित ग¥यो । रातो बंगलाका अक्षित झाले ११ अंक जोडे ।

गल्र्समा रातो बंगलाले एलआरआईलाई १८—८ ले हरायो । विजयी टिमका लागि नहाना ढंगानाले ९ स्कोर गरिन् । गल्र्सको अर्को प्रतिस्पर्धामा पाठशाला, बानेश्वरले रुपिज इन्टरनेसनललाई १८—४ ले पाखा लगायो ।

ब्वाइजको अन्य खेलमा पुष्पसदनले रुपिजलाई २९—८, आइडियल मोडलले मोर्डन इन्डियन स्कुललाई ३३—२२ र एलआरआईले पाठशाला, बागडोललाई ३४—२२ ले पन्छाए ।

पुष्पसदनका सम्राट लामाले १३, आइडियलका युकिम मगरले ११ र एलआरआईका मन्डी गुरागाईंले १६ स्कोर गरे ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *