काठमाडौँ- नेपाल हाप्किडो संघको लुम्विनी प्रदेशको दोस्रो अधिवेशन सम्पन्न भएको छ।

अधिवेसन दाङको घोराहीमा सम्पन्न भएको हो।

दोस्रो प्रदेश अधिबेशन प्रविन पुन मगरको अध्यक्षता तथा प्रदेश खेलकुद परिषद, लुम्बिनीका सदस्य सचिव तिरन गौतमको प्रमुख अतिथि र नेपाल हाप्किडो संघ तथा दक्षिण एसिया हाप्किडो महासंघका अध्यक्ष काली बहादुर घर्ती मगरको विशिष्ट अतिथिमा सम्पन्न भएको थियो ।

नेपाल हाप्किडो संघ, लुम्विनी प्रदेशको दोस्रो अधिवेशनले ११ सदस्यीय कमिटी सर्वसम्मत रूपमा चयन गरेको छ । जसमा प्रदेशको अध्यक्षमा प्रविन पुन मगर सर्वसम्मत रुपमा चयन भएका छन ।

यस्तै उपाध्यक्षमा त्रिभुवन बर्तौला, चन्द्र कुमारी थापा र भुमलाल श्रेष्ठ, सचिवमा अन्जली के. सी., सहसचिवमा आयुष शाही, कोषाध्यक्षमा रमेश बुढा मगर यस्तै सदस्यहरुमा सुन्दर श्रेष्ठ, पुष्प सुवेदी, डेमन हाडी र बिमल थापा चयन भएका छन् ।

लुम्विनी प्रदेशको दोस्रो अधिवेशनमा १२ जिल्लाबाट प्रतिनिधी पर्यवेक्षक प्रशिक्षक र खेलाडीहरुको उपस्थिती रहेको थियो ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile