काठमाडौं- बाँकेको नेपालगञ्जमा तर नेपालगञ्ज म्याराथनको १०औं संस्करण उत्सव मनाउने क्रममा आयोजकले यसपाली १० किलोमिटरको रात्रीदौड गर्ने भएको छ ।
धारा नेपालगञ्ज म्याराथनको १० औं संस्करणलाई उत्सवमय बनाउन प्रि–इभेन्टका रुपमा नेपालगन्ज १० किमी रात्रीदौड संविधान दिवस असोज ३ गते बिहिबार आयोजना हने बताएको छ।
राति ९ बजे स्थानीय बिपीचोकबाट दौड सुरु हुनेछ ।
पुरुष र महिलातर्फका विजेताले २५, दोस्रोले १५ हजार र तेस्रोले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । भेट्रानको विजेताले १५ ,दोस्रोले १० र ५ तेस्रोले हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
त्यसका लागि भदौ १५ गतेदेखि २० गतेसम्म दर्ता गर्न सकिने आयोजकले जनाएको छ ।

