एचएचसीए र गोल्डेनपिक १८ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल सिनियर ब्वाइजमा आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

   धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा एचएचसीएले भ्याली पब्लिकलाई ६९–५६ ले पराजित ग¥यो । 

एचएचसीएको जितमा डेविड राईले ३९ अंक योगदान गरे । विजय तामाङ तामाङको २४ अंक सहयोगमा गोल्डेनपिकले कन्स्टिलेसनलाई ७३–५० ले हरायो ।

   जुनियर ब्वाइजमा भ्याली पब्लिकले लालीगुराँस नेसनल एकेडेमीलाई २३–२१ तथा गोल्डेनपिकले सत्य साइलाई ३४–३२ ले पाखा लगाउदै फाइनलमा स्थान सुरक्षित गरे । 

भ्याली पब्लिकका अशोक विक तथा गोल्डेनपिकका नेल्सन गुरुङले ११–११ स्कोर गरे ।

   सिनियर गल्र्समा भ्याली पब्लिकले टीआईएलाई ३२–२६ तथा फेरिल्यान्डले ग्रिनल्यान्डलाई ३४–२४ ले पन्छ्याउदै फाइनलमा स्थान पक्का गरे । 

भ्याली पब्लिककी लोरिशा गौचनले १२ तथा फेरिल्यान्डकी अलिथियाले १५ अंक बटुले ।थ्य

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *