काठमाडौँ- नेपाली टोलिका कप्तान जियारेत शेखले भुटानको २ पेनाल्टी बचाँउ गर्दै विनिङ गोल गर्दा नेपाल फाइनलमा प्रवेश गरेको छ।
नेपाल भुटानलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै साफ यू-२० च्याम्पियन्सिपको फाइनलमा प्रवेश गरेको हो।
पेनाल्टीमा नेपाल ४-१ गोलले विजयी भएको हो।
सातदोबाटो स्थित एन्फा कमप्लेक्समा भएको खेलको निर्धारित समय १-१ गोलको बराबरिमा सकिएको थियो।
नेपालका लागि निराजन धामीले गोल गरेका थिए।
फाइनलमा नेपालले बांगलादेश र भारतबिचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ।

