काठमाडौँ- प्रिमियर लिग फुटबलमा टोटेनहम हट्सपरले एभर्टनलाई पराजित गरेको छ।
राति भएको खेलमा घरेलु टोलिले एभर्टनलाई ४-० गोलले पराजित गरेको हो।
टोटेनहमका लागि कप्तान सन ह्युङ मिनले २ गोल गर्दा बिसुमा र रोमेरोले १-१ गोल गरे।
जितसंगै टोटेनहमले २ खेलमा शतप्रतिशत जित निकाल्दै ६ अंक जोडेको छ।

