काठमाडौँ- आयोजक ग्लेसियर इन्टरनेसनल कलेज र हिमरश्मि ग्लेसियर कप यु–१९ ब्वाइज भलिबल प्रतियोगितामा शनिबार फाइनलमा प्रवेश गरेका छन् ।
शान्तिनगरस्थित आयोजकको कोर्टमा भएको सेमिफाइनलमा ग्लेसियरले एन्जल्स हार्टलाई ३–२ तथा हिमरश्मिले बानेश्वर क्याम्पसलाई ३–० ले पराजित गरे ।
आइतबारसम्म चल्ने प्रतियोगितामा १६ टिम सहभागी छन् ।
विजेताले २५ हजार र उपविजेताले १५ हजार नगद पुरस्कार पाउने छन् ।

