काठमाडौँ- जिमखाना मुवाँथाई क्लब, बाँसवारीको आयोजनामा अन्तर्राष्ट्रिय मुवाँथाई प्रतियोगिता शुक्रबारदेखि बाँसवारीमा सुरु भएको छ ।

प्रतियोगितामा नेपाल, भारत र श्रीलंकाका ३४ खेलाडी सहभागी रहेका छन् ।

पहिलो दिन ८ स्पर्धाको फाइनल सम्पन्न भएको छ ।

पुरुष ११ वर्षमुनि भारतका लक्षित, १२ वर्षमुनि नेपालका आयुश तामाङ, १२ वर्षमुनि नेपालका प्रवीण मोक्तान, ११ वर्षमुनि भारतका धुवरिथा, १३ वर्षमुनि नेपालका आशिष तामाङ, ११ वर्षमुनि श्रीलंका मेथुका, २१ वर्षमुनि श्रीलंकाका उयन्वाथ्था र २७ वर्षमुनि नेपालका यमन मोक्तान पहिलो भए ।

दोश्रो तथा अन्तिम दिन शनिबार ८ स्पर्धाको फाइनल हुनेछ ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile