काठमाडौँ- नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८० को पिपल्स च्वाइसको मनोनयन सार्वजनिक भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै यस विधामा पर्ने पाँच खेलाडीको नाम सार्वजनिक गरेको हो ।
पिपल्स च्वाइसको मनोनयनमा नेपाली राष्ट्रिय महिला स्टार फुटबलर प्रीति राई पर्न सफल भएकी छिन्।
प्रीतिले २०८० सालमा हासिल गरेको उपलब्धीहरु:
– सोलुखुम्बुमा जन्मेकी प्रीति एपीएफ क्लबबाट घरेलु फुटबल
– यु–१५, यु–१८, यु–२० मा नेपाली टोलीकी कप्तान ।
– महिला राष्ट्रिय फुटबल टोलीकी महत्वपूर्ण सदस्य ।
– साउदी अरेबियामा भएको आठौं वाफ वुमेन्स च्याम्पियनसिपमा नेपाल उपविजेता, प्रीतिको उत्कृष्ट प्रदर्शन ।
– लेवनानविरुद्धको सेमिफाइनलमा निर्णायक गोल ।
– एएफसी वुमन्स च्याम्पियनसिप, अन्तर्राष्ट्रिय मैत्रीपूर्ण म्याचमा गोल गर्न सफल खेलाडी
– राष्ट्रिय महिला लिगमा सात गोल गर्न सफल
पिपल्स च्वाइसको विजेता चयन खेलपत्रकार, राष्ट्रिय प्रशिक्षक, समर्थक र ई–सेवाकोे भोटिङबाट हुनेछ । ५० प्रतिशत मतभार रहने ईसेवाको भोटिङ शुक्रबारदेखि नै सुरु भैसकेको छ ।
सामाजिक सञ्जाल फेसबुक मतभार २५ प्रतिशत (एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको आधिकारिक फेसबुक पेज र पल्सर नेपालको आधिकारिक पेजमा रहेको खेलाडीका फोटोमा लाइक), नेपाल ओलम्पिक कमिटीमा आबद्ध राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतभार १२.५ प्रतिशत र एनएसजेफ सदस्यको मतभार १२.५ प्रतिशत रहनेछ ।

