काठमाडौ- साफ यु–२० च्याम्पियन्सिपमा नेपालले बांगलादेशलाई हराउदै समूह विजेता बन्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपाल २-१ गोलले विजयी भएको हो।

पहिलो हाफमा तीन भएको खेलमा दोस्रो हाफमा कुनै गोल हुन सकेन्।

नेपालका लागि समिर तामांग र निराजन धामीले १-१ गोल गरेका थिए।

बांगलादेशका लागि मिराजुल इस्लामले पेनाल्टीमा गोल गरेका थिए।

निराजनले पहिलो खेलमा श्रीलंकाविरुद्धको खेलमा निर्णायक गोल गरेका थिए।

पराजित भएको बांगलादेशले अब सेमिफाइनलमा समूह बी को विजेता संग खेल्नेछ। नेपालले समूहको बी उपविजेतासंग खेल्नेछ।

नेपालले पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको थियो।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *