काठमाडौ- साफ यु–२० च्याम्पियन्सिपमा नेपालले आज भएको खेलमा पहिलो हाफमा सहज अग्रता बनाएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालले २-१ गोलको अग्रता बनाएको हो।
नेपालका लागि समिर तामांग र निराजन धामीले १-१ गोल गरे।
बांगलादेशका लागि मिराजुल इस्लामले पेनाल्टीमा गोल गरे।
निराजनले पहिलो खेलमा श्रीलंकाविरुद्धको खेलमा निर्णायक गोल गरेका थिए।
आज पराजित हुने टोलिले सेमिफाइनलमा भारतसंग खेल्ने सम्भावना रहेको छ।
दुई समूहका विजेताले उपविजेतासंग खेल्नेछ।

