काठमाडौं- साफ यु–२० साफ च्याम्पियन्सिपमा नेपालले आज समूह विजेताका लागि निर्णायक खेलमा बंगलादेशसँग खेल्दैछ ।
अन्तिम खेल अगावै सेमिफाइनल पुगेको दुवै टोलिबिच समूह विजेताको टुंगो आज लाग्नेछ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल दिउसो ३ बजेबाट सुरु हुनेछ।
आज पराजित हुने टोलिले सेमिफाइनलमा भारतसंग पराजित हुने सम्भावना रहेको छ।
दुई समूहका विजेताले उपविजेतासंग खेल्नेछ।

