काठमाडौं- हिमालयन फुटबल क्लबकाे आयोजनामा हुने हिमालयन गाडाना फुटसल गोल्डकप २०८१ आगामी भदौ २१ गतेदेखि हुने भएको छ।

आयोजक हिमालयन फुटबल क्लबले बुधबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको बारेमा जानकारी गराएको हो।

प्रतियोगिता भदौ २१ र २२ गते दुई दिने हुनेछ। प्रतियोगितामा ३२ भन्दा बढी क्लबहरूको सहभागिता हुनेछ।

प्रतियोगिताको विजेताले नगद दुई लाख, उपविजेताले एक लाख, फेयर प्ले टिमले २० हजार, उत्कृष्ट खेलाडीले १० हजार र उत्कृष्ट गोलकिपरले पनि १० हजार पाउनेछन्।

प्रतियोगिताको सबै खेल भाटभटेनी हेल्थ क्लब, चुच्चेपाटी चाबहिलमा हुनेछ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile