काठमाडौँ- विश्वकप लिग टु सिरिज अन्तर्गत क्यानडा पराजित भएको छ।
क्यानडा अमेरिकासँग लगातार चौथो खेलमा पराजित भएको हो।
आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत नेदरल्यान्ड्समा अमेरिका, क्यानडा र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको खेलमा अमेरिकाले क्यानडालाई ५० रन पराजित गरेको हो।
अमेरिकाले जितका लागि दिएको २७६ रनको लक्ष्य पछ्याएको क्यानडाले ४७ ओभरमा अल आउट हुदै २२५ रन मात्र बनायो।
क्यानडा ८ अंकका साथ तेस्रो स्थानमा छ । नेदरल्यान्ड्स १० अंकका साथ शीर्ष स्थानमा छ ।

