काठमाडौँ- साफ यू–२० च्याम्पियनसिपमा श्रीलंकाले लगातार दोस्रो पराजय व्यहोरेपछि नेपाल र बंगलादेश सेमिफाइनलमा प्रवेश गरेका छन्।

श्रीलंका पहिलो खेलमा नेपालसँग १–० गोलले पराजित भएको थियो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको समूह ए को खेलमा बंगलादेशले श्रीलंकालाई २–० गोलले पराजित गरेको हो।

यो समूहबाट नेपालसंगै बंगलादेश सेमिफाइनलमा प्रवेश गरेका छन् ।

अब नेपाल र बंगलादेशबीच समूह विजेताका लागि बिहीबार खेल हुनेछ ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *