काठमाडौँँ- इन्फिनिटी ड्रिम्सको आयोजनामा हुने महिला भलिबलको फ्रेन्चाइज लिग एभरेष्ट वुमन्स भलिबल लिगको मधेश युनाइटेड टिममा काजकिस्तानकी कालिनोभा यभजिनिया अनुबन्ध भएकी छिन्।

३५ वर्षीया कालिनोभाले काजकिस्तानको राष्ट्रिय टिमका साथै काजकिस्तानको लिग खेलेको अनुभव छ।

उनी स्पाइकर पोजिसनमा खेल्छिन् भने उनको उचाई १८० सेन्टिमिटर छ।

कालिनोभाले मधेश युनाइटेडसँग अनुबन्ध भएकोमा खुसी व्यक्त गर्दै मधेश युनाइटेडबाट खेल्न उत्साहित रहेको बताएकी छिन्।

‘मधेश प्रदेशबाट पहिलो संस्करणको एभरेष्ट वुमन्स भलिबल लिग खेल्न म नेपाल आउँदैछु । मधेश युनाईटेडबाट खेल्दैछु । हाम्रो टिमलाई समर्थन गर्नुहोला ।’

मधेश युनाईटेडकी अपरेसन हेड संज्ञा श्रेष्ठले कालिनोमालाई मधेश टिममा स्वागत गर्दै उनको अनुभवले टिमको लागि धेरै फाईदा पुग्ने बताईन् ।

मधेश युनाइटेडको मार्की प्लेअरमा नेपाली राष्ट्रिय टिमकी स्पाइकर निरुता ठगुन्ना छिन्। यस्तै नेपाली खेलाडीहरुको नाम पनि यसअघि नै सार्वजनिक भइसकेको छ।

जसमा राष्ट्रिय टिमकी संगम महतो र शान्तिकला तामाङ तथा यू२० टिमकी एलिशा मानन्धर र आशिका क्षेत्री छन्।

यस्तै हिरा केसी, पुजा थारु र जसना महतो पनि मधेश युनाइटेडको टिममा छन्।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile