काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको फ्रेन्चाइज लिग नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करण मंसिर १५ देखि पुस ६ गतेसम्म हुदैछ।

सोमबार क्यानले एउटा कार्यक्रम गर्दै एनपीएलको लोगो सार्वजनिक गरेको थियो।

के हो त त्यो लोगोको अर्थ?

चन्द्र-सुर्य : क्रिकेट बलका दुई भागले नेपाली राष्ट्रिय झण्डाको
महत्वपुर्ण पक्षलाई प्रतिबिम्ब गर्दछ।

बलको सिमले मेची देखि महाकाली सम्मको अविरल प्रवाहलाई चित्राङ्कन गर्दै एक
नयाँ यात्राको सुरुवात दर्साउँछ।

खुकुरी र क्रिकेट ब्याटको मिश्रणले वीर गोर्खालीको बहादुरी संगै नेपाली
क्रिकेटले विश्वस्तरमा प्रदर्शन गर्ने खेल कौशलको वर्णन गर्दछ।

वीर गोर्खालीहरुको पौरख र बहादुरीको बलमा स्थापित सार्वभौम देश जस्तै
नेपाली क्रिकेट टोलिले पनि विभिन्न आरोह – आवरोहहरु झेल्दै आजको उचाई
हाँसिल गर्न सफल भएको छ।

विश्वको सर्वोच्च शिखर सगरमाथा जसले नेपाली क्रिकेट टोलीको प्रेरणादायी
यात्रा झल्काउँदै विश्व क्रिकेट जगतमा सर्वोच्च सफलता हात पार्ने सपनाको
बयान गर्दछ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile