काठमाडौ- साफ यू-२० च्याम्पियनसिप २०२४ साबिक बिजेता भारतले विजयी सुरुवात गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा भारत भुटानविरुद्ध १-० गोलले विजयी भएको हो।
भारतका लागि मोनिरुल मुल्ला निर्णायक गोल गरे।
जितसँगै भारतले समूहमा ३ अंक जोडेको छ ।
समूह ‘ए’ मा आयोजक नेपालसँगै बंगलादेश र श्रीलंका रहेका छन्।
समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान रहेका छन् ।