काठमाडौँ- विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा नेदरल्यान्ड्सले अमेरिकालाई पराजित गरेको छ।

आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत नेदरल्यान्ड्समा अमेरिका, क्यानडा र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको खेलमा नेदरल्यान्ड्सले अमेरिकालाई १९ रनले पराजित गरेको हो।

नेदरल्यान्ड्सले दिएको २३८ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९.५ ओभरमा अल आउट हुदै २१८ रन मात्र बनायो ।

८ टोली सहभागी लिग टु को अंक तालिकामा नेदरल्यान्ड्स ८ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ । पराजित अमेरिका २ अंकका साथ छैटौं स्थानमा छ । स्कटल्यान्ड ९ अंकका साथ शीर्ष स्थानमा रहेको छ ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *