काठमाडौँ- नेपालमा भदौँ २ गतेबाट सुरुहुन लागेको साफ) यु-२० च्याम्पियनपसिपको उद्घाटन खेल सातदोबाटोस्थित एन्फा कमप्लेक्समा हुने भएको छ।

आइतबार नेपाल र श्रीलंकाबीच उद्घाटन खेल हुदैछ।

साफका म्याच कमिस्नर अब्दुल हामिद अब्दुल गफरले दशरथ रंगशाला उद्घाटन खेल गराउन नमिल्ने बताएका छन्। अहिले रंगशालामा उद्घाटन खेल गराउने मैदानको अवस्था ठिक नभएको उनको भनाई छ।

साफ खेल्ने विदेशी पाँच टोलीमध्ये माल्दिभ्स,भुटान र श्रीलंका काठमाडौं आइसकेको छ। अन्य टोली शुक्रबार र शनिबार काठमाडौं आइपुग्नेछन्।

प्रतियोगिताको समूह ‘ए’ मा आयोजक नेपालसँगै बंगलादेश र श्रीलंका तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान रहेका छन् ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *