काठमाडौँ- नयाँ सिजनको स्पेनिस ला लिगामा राति भएको खेलमा एथ्लेटिक क्लब र गेटाफेले बराबरि खेलेका छन्।
एथ्लेटिकको घरेलु मैदानमा भएको खेलमा दुवै टोलिले १-१ गोलको बराबरि खेलेका हुन्।
एथ्लेटिकका लागि ओयान सान्केटले गोल गर्दा गेटाफेका लागि क्रिसान्टुस उचेले गोल गरे।
यो बराबरि पछि दुवै टोलिले पहिलो खेलमा १ अंक जोडेका छन्।

