काठमाडौँ- राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले राखेप र एन्फा मिलेर दशरथ रंगशाला स्तरोन्नतीका लागि गम्भीर भएर पहल गर्नुपर्ने आवश्यक रहेको बताएका छन्।

(राखेप) का सदस्य–सचिव घिसिङ र अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकजविक्रम नेम्वाङबीच दशरथ रंगशालाको मैदान स्तरोन्नतीका विषयमा बुधबार छलफलको क्रममा घिसिङले यस्तो बताएका हुन्।

‘दशरथ रंगशालाको मैदान स्तरोन्नती गर्न कति समय लाग्छ ? कति बजेट लाग्छ ? प्रारम्भिक खाका तयार गरी पेश गर्नु होला ।’ सदस्य–सचिव घिसिङले चासो व्यक्त गर्दै भने– ‘समय सीमा तोकेर प्रारम्भिक खाका तयार गर्नु होला । त्यसपछि राखेप र एन्फा मिलेर मैदान स्तरोन्नतीका लागि गम्भीर भएर पहल गर्नु आवश्यक छ । बजेटका कारण कुनै पनि हालतमा रोकिनु हुँदैन ।’

एएफसी च्यालेन्ज लिगअन्तर्गत भुटानको पारो एफसि र चर्च बोइजको खेल हुने क्रममा दशरथ रंगशालाको मैदानको अवस्थालाई लिएर सामाजिक संजालमा एन्फाको आलोचना भएको थियो।

त्यस्तै नेपालमा हुन लागेको साफ यू-२० प्रतियोगिता पनि रंगशालामा नहुने आशंका बढेसंगै एन्फा र राखेपको आलोचना बढेको थियो।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *