काठमाडौं, साउन ३० गते- नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हरेक वर्ष आयोजना हुँदै आएको एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८० मा १० विधामा अवार्ड दिइने भएको छ।

एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८० आगामी भदौ २८ गते काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा  आयोजना हुने भएको छ।

यसपटकबाट टिम अफ दी एयर विधा थप गर्दै एनएसजेएफले १० विधा पुर्याएको हो।

यसपटक अवार्डमा वर्षका उत्कृष्ट पुरुष खेलाडी, वर्षका उत्कृष्ट महिला खेलाडी, वर्षका उत्कृष्ट युवा खेलाडी, वर्षका उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, टिम अफ दी एयर, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड विधा रहेको छ।

यसमध्ये वर्षका पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस अवार्डका विजेताले बाइक प्राप्त गर्नेछ भने ४ विधाहरु टिम अफ दी एयर, लाइफटाइम एचिभमेन्ट, स्पेसल र पारा एथलिट अवार्डका विजेताले १ लाख रुपैयाँ प्रदान गरिने कार्यक्रममा जानकारी दिइएको हो।

यसअघि यी विधाका विजेतालाई ५० हजार रुपैयाँ प्रदान गर्ने गरिएकोमा यस पटकदेखि १ लाख रुपैँया प्रदान गरिने छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile