काठमाडौं, साउन ३० गते- नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हरेक वर्ष आयोजना हुँदै आएको अवार्डको २१औं संस्करण आयोजनाका लागि बुधबार मञ्च र मुख्य प्रायोजक गोल्छा ग्रुपबिच सम्झौता भएको छ ।

सम्झौतामा गोल्छा ग्रुपको तर्फबाट निर्देशक अभिमन्यू गोल्छा र मञ्चको तर्फबाट अध्यक्ष दुर्गानाथ सुवेदीले हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार गोल्छा गु्रपले यसपल्ट गोल्छाले बजारमा ल्याउन लागेको नयाँ एनएस ४०० सिरिज पल्सर बाइक एकजना विजेतालाई तथा अन्य चार विजेतालाई एनएस २०० बाइक प्रदान गर्नेछ । त्यस्तै मञ्चलाई १२ लाख नगद रुपैया प्रदान गरिने बुधबार आयोजित पत्रकार सम्मेलनमा जनाइयो।

निर्देशक गोल्छाले त्यस अवसरमा भने, ‘पल्सर बाइक र खेलाडीको गति, क्षमता र भावना मेल खान्छ । हामीले खेलाडीलाई दिने सम्मानले खेलक्षेत्रमा टेवा पुगेको हामीलाई विश्वास छ।’

नेपाल खेलकुद पत्रकार मञ्च र गोल्छा ग्रुपबीच अवार्डकै लागि सहकार्य भएको यो १६ औं वर्ष हो ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile