काठमाडौ- बार्सिलोनाले आयोजना गर्ने ग्याम्पर ट्रफिमा घरेलु टोलिले १२ वर्षपछि हार व्यहोरेको छ।

अन्तिम पटक सन् २०१२ मा बार्सा इटालियन क्लब साम्पोर्डियासंग पराजित भएको थियो।

राति भएको खेलमा बार्सा फ्रान्सेली टोलि मोनाकोसंग ३-० गोलले पराजित भएको हो।

मोनाकोका लागि लामिन काम्रा, इम्बोले र मासिवाले १-१ गोल गरे।

क्लबका फाउन्डर जोन ग्याम्परको सम्झनामा बार्साले यो ट्रफि आयोजना गर्दै आएको छ। यसका खेलका लागि बार्साले संसारका जुनसुकै क्लबलाई पनि निमणत्रणा गर्ने गरेको छ।

दुवै टोलि नया सिजन सुरुवातका लागि तयारि गरिरहेका छन्। अर्को साताबाट स्पेनिस ला लिगा र सिरि ए लगायत अन्य लिगहरु सुरु हुनेछन्।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile