काठमाडौँ- राष्ट्रिय खेलकुद परिषद्ले काभा महिला नेसन्स लिग भलिबल प्रतियोगितामा उपविजेता बन्न सफल महिला खेलाडीलाई पुरस्कार प्रदान गर्नका लागि युवा तथा खेलकुद मन्त्रालयमार्फत नेपाल सरकारलाई सिफारिस गरेको छ ।

राखेप कार्यकारी समितिको २०८१ साउन २५ गते बसेको बैठकले राष्ट्रिय महिला भलिबल टोलीका खेलाडीलाई पुरस्कारका लागि सिफारिस गरेको हो ।

राष्ट्रिय खेलकुद विकास नियमावली अनुसार प्रतियोगितामा सहभागी १४ जना खेलाडीले जनही तीन लाख रुपयाँ पाउनेछन् ।

यस्तै प्रशिक्षकले दुई लाख र सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोले जनही एक लाख २० हजार पुरस्कार पाउनेछन् ।

साउन १७ गते देखि २३ गतेसम्म भएको प्रतियोगिताको लिग चरणमा नेपालले श्रीलङ्काका, माल्दिभ्स र भारतलाई पराजित गरेको थियो ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *