काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रिय युवा नीति, २०८१ भदौ महिनाभित्रै जारी हुने बताएका छन् ।

सोमबार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली युवाहरुको समस्या पहिचान र समाधानको बाटो पहिल्याउन आवश्यक रहेको बताए ।

मन्त्री चौधरीले भने, ‘निकट भविष्यमै राष्ट्रिय युवा नीति, २०८१ जारी गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । सकेसम्म भदौ महिनाभित्रै ल्याउने जानकारी म तपाईंहरलाई गराउन चाहन्छु ।’

उनले सिर्जना, क्षमता र शाहसको श्रोत मान्ने युवा वर्गलाई समयमै रोजगारी, सञ्चार, खाद्यान्न, शिक्षा, दिक्षा, जलवायु लगायतका महत्वपूर्ण विधामा भएको रुपान्तरणलाई आत्मसाथ गरी नवीनतम र सिर्जनात्मक प्राविधिक ज्ञानको प्रयोग गर्नुपर्ने अवसर र चुनौती थपिएको बताए ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *