काठमाडौँ- एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणमा चर्च ब्वाइजले भुटानी लिग च्याम्पियन पारो एफसीसँग प्रतिस्पर्धा गर्दैछ।

यो खेल भोलि २९ गते मंगलबार साझ ६ बजेबाट त्रीपुरेश्वरमा रहेको दशरथ रंगशालामा सुरु हुनेछ।

त्यसैबिच भुटानी टोलि पारो एफसिविरुद्ध मैदान उत्रीन तयार रहेको चर्चका कप्तान अन्नत तामाङ र प्रशिक्षक बाल गोपाल महर्जनले बताएका छन्।

आज सातदोबाटोस्थित एन्फा कमप्लेक्समा भएको प्रेस कन्फ्रेन्समा यस्तो बताएका हुन्।

“हामी तयार छौँ,तयारि पनि लगभग अब पुरा भएको छ। पारो एफसि बलियो टोलि हो तर हामी पनि कम छैनौ भनेर हामी मैदान उत्रीने छौँ।” दुबैले भने।

चर्च ब्वाइज टोली
गोलकिपरः दीप कार्की, टिकेन्द्र थापा, रेम्बो चौधरी
डिफेन्डरः छिरिङ लामा, एकराज बुढाथोकी, ओमोलाजा करिम, सौभाग्य राई, अनन्त तामाङ, योगेश गुरुङ, सनिश श्रेष्ठ
मिडफिल्डरः एरिक विष्ट, पिटर बन्डा, सन्तोष खत्री, विवेक पौडेल, रोहन कार्की, लकेन लिम्बु, मनिष जर्घा
फरवार्डः अन्जन विष्ट, मोसेस ग्याबाह ट्वाम, निरज चौधरी, आयुष घलान, सञ्जीव विष्ट, आदित्य शाक्य

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *