काठमाडौ- अमेरिकाले ओलम्पिकको लगातार तीन संस्करणमा शिर्ष स्थानमा आफ्नो पकड कायम राखेको छ।

सन् २०१६ ब्राजिल ओलम्पिक, सन् २०२० टोकियो ओलम्पिकमा पनि अमेरिक पहिलो स्थानमा रहेको थियो।

पेरिस ओलम्पिक २०२४ को अन्तिम दिनको खेल महिला बास्केटबलमा स्वर्ण जित्दै अमेरिका पदक तालिकामा चीनलाई उछिन्दै पहिलो बन्न सफल भएको हो।

चीन र अमेरिकाले समान ४० स्वर्ण रदक जितेका छन् । रजत र कास्यमा पदकबाट अमेरिका शिर्ष स्थानमा उक्लिएको हो।

अमेरिकाले ४४ रजत र ४२ कास्यसहित कुल १२६ पदक जित्यो ।
चीनले ४० स्वर्ण, २७ रजत र २४ कास्यसहित कुल ९१ पदक जित्यो ।

जापान २० स्वर्ण, १२ रजत र १३ कास्यसहित तेस्रो स्थानमा रह्यो ।

अस्ट्रेलिया १८ स्वर्णसहित चौथो, आयोजक फ्रान्स १६ स्वर्णसहित शीर्ष पाँचमा अटायो । नेदरल्यान्ड छैटौँ, बेलायत सातौँ, दक्षिण कोरिया आठौँ, इटाली नवौँ र जर्मनी दशौं स्थानमा रहेको छ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *