काठमाडौं । क्यानाडामा समपन्न ग्लोबल टि ट्वान्टी लिगको उपाधि नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्सले जितेको छ।
सोमबार सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन मोन्ट्रियल टाइगर्सलाई ८ विकेटले पराजित गर्दै टोरोन्टोले उपाधी जितेको हो ।
टाइगर्सले दिएको ९७ रनको लक्ष्य टोरोन्टोले १५ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो।
फाइनल खेलमा रोहित भने बेन्चमा रहेका थिए । बेन्चमा रहेपनि १२ औं खेलाडीको रुपमा फिल्डिङ गर्न मैदान उत्रिएका थिए।
यसअघि यसअघि २०१९ को दोस्रो संस्करणमा नेपाली क्रिकेट सोमपाल कामी आबद्ध विनिपेक्स हव्स च्याम्पियन भएको थियो ।
२०२३ मा अलराउन्डर दीपेन्द्रसिंह ऐरी आबद्ध मोन्ट्रियल टाइगर्स च्याम्पियन भएको थियो ।