काठमाडौ- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्स क्यानडामा जारि ग्लोबल टि ट्वान्टी लिगमा फाइनल प्रवेश गरेको छ ।

दोस्रो क्वालिफायर खेलमा ब्राम्प्टन वुल्भ्सलाई ५ विकेटले पराजित गर्दै टोरोन्टो फाइनल प्रवेश गरेको हो ।

दोस्रो क्वालिफायर खेलमा रोहित भने बेन्चमा नै रहेका थिए ।

बंग्ला टाइगर्सले सुपर ओभर खेल्न नमाने पछि टोरोन्टो दोस्रो क्वालिफायका लागि छनोट भएको थियो ।

वर्षाका कारण इलिमिनेटर खेल हुन नसके पछि सुपर ओभरबाट निर्णय लिने लिगको नियम रहेको थियो । तर, बंग्लाले सुपर ओभर खेल्न अस्विकार गरे पछि टोरोन्टो दोस्रो क्वालिफायरका लागि छनोट भएको थियो ।

वुल्भ्सले दिएको १४२ रनको लक्ष्य टोरोन्टोले १८.२ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको थियो ।

फाइनल खेलमा टोरोन्टोले साबिक विजेता मोन्ट्रियल टाइगर्सको सामना गर्नेछ । फाइनल खेल आइतबार बेलुका हुनेछ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *