काठमाडौँ- सन्तोष राई र सन्तोष कर्माचार्यले नेपालको प्रतिनिधित्व गर्दै वर्ल्ड च्याम्पियनसिप लङडिस्टेन्स ट्रायथलनमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
उनिहरुले अस्ट्रेलियाको नर्थ क्विन्सल्यान्डस्थित टाउन्स भेलमा अगस्ट २५ मा हुने वर्ल्ड च्याम्पियनसिपको एलिट विधामा सन्तोषद्वयले प्रतिस्पर्धा गर्न लागेका हुन् ।
ट्रायथलन प्रतियोगितामा ३ किमि पौडी, ११४ किमि साइक्लिङ र ३० किमि रनिङ हुनेछ ।