काठमाडौँ- स्पेनले पेरिस ओलम्पिकमा पुरुष फुटबलतर्फको स्वर्ण पदक जित्दै ३ दशकपछि यो उपलब्धि हासिल गरेको छ ।

स्पेनले यसअघि सन् १९९२ मा स्वर्ण पदक जितेको थियो ।

घरेलु टोलि फ्रान्सलाई ५-३ गोलले पराजित गर्दै स्पेनले स्वर्ण जितेको हो।

पेरिस सेन्ट जर्मेन्ट पिएसजीको मैदान पार्क डे प्रिन्समा स्पेनका लागि फर्मिन लोपेज र सर्जियो कमेल्लोले २ गोल गर्दा एलेक्स बोनाले १ गोल थपे।

निर्धारित ९० मिनेटको खेल ३-३ को बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *