काठमाडौं । `तेक्वान्दोन्दो नै छोड्छु होला । न यसमा भविष्य छ न कुनै आम्दानी´ तेक्वान्दो खेलाडी सागर गुभाजुको मनमा केही वर्ष अगाडि आएको सोचाइ हो यो । तेक्वान्दोमा नै सुन्दर भविष्य देखेका उनलाई बीचमा केही डर उत्पन्न भएर खेल देखि नै टाढा भए । तर, अहिले यही खेलबाट नै भविष्य खोज्ने उनको योजना छ । नेपाली तेक्वान्दोका लागि धेरै म्याडल जितेका उनको अबको लक्ष्य भनेको आफू जस्तै खेलाडी उत्पादन गर्नु हो ।

 त्यसका लागि अहिले उनी एउटा सुन्दर योजना कोर्दै छन् । `खेलाडी हुँदा मैले देशका लागि धेरै म्याडल जितेको छ । धेरै प्रतियोगिता जितेको छु । यो अनुभवलाई म खेर जान दिने छैन । मेरो सबै अनुभव लगानी गरेर जति सक्यो धेरै खेलाडी उत्पादन गर्ने छु,´ सगरले भने ।

सागर अहिले अमेरिकामा तेक्वान्दो एकेडेमी खोल्ने योजनामा छन् । आफू तेक्वान्दो मै रमाउने योजना बुनेका उनी नेपाली खेलाडीलाई पनि सहयोग गर्ने बताउँछन् । सानै देखि आफुले गरेको दुख र नेपाली खेलकुदमा खेलाडीले गर्नु पर्ने मेहनतको बारेमा राम्रो जानकार छन् । `मेरो खेल जीवनमा जति दु:ख गर्नु परेकाको थियो । अब आउने खेलाडीलाई त्यो दु:ख गर्न नपरोस् भन्ने मेरो चाहना हो । मैले केही खेलाडीलाई मात्र सहयोग गरेर देशले पदक जित्छ भने मेरो लागि ठूलो कुरा हुनेछ,´ सागरले भने ।

हाल अमेरिकामा बस्ने सागर अहिले नेपाल आएर तेक्वान्दोमा रहेका आफ्ना साथीहरूसँग भेटमा ब्यस्त छन् । जुनियर खेलाडीलाई आफ्नो अनुभव र संघर्षका पाटाहरु साटदै छन् । न साटुन पनि कसरी जुन संघर्षले उनलाई आज सफल बनाएको छ । त्यही सफलताको कथाले कुनै एक खेलाडीको आत्मबल बलियो बन्यो भने देशले सफलता पाउने नै हो ।

अझ सागरको देशले अवसर दिएमा केही गर्ने योजना पनि त छ । `मैले नेपालमा धेरै खेलाडीले दिन रात मेहनत गरेको देखेको छु । उनिहरुले राज्यबाट जुन सेवा सुविधा राम्रो नपाएर पदक दिलाउछन सायदै कमै देशमा यस्तो हुन्छ । मेरो कुराले कुनै खेलाडीको जीवनमा हौसला आउन्छ भने मेरो अनुभव सुनाउन केही न राम्रो लाग्दैन । उसैपनी मेरो चाहना देशले मौका दिएमा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने भन्ने छ,´ सागरले भने ।

 सागर सानै देखि तेक्वान्दोको माहोलमा हुर्केका हुन् । उनका बुबा पनि तेक्वान्दो खेलाडी थिए । सानोमा उनलाई तेक्वान्दो खेल्ने हौसला बुबाबाट नै मिलेको थियो । तर, बुबाको भने खासै छोरा खेलकुदमा लागोस भन्ने चाहना थिएन । किनकी नेपाली खेलकुदको भविस्य देखि उनी राम्रो जानकार थिए । `उसोत कुन बुबाको चाहना हुन्न आफू लागेको खेलकुदमा छोराको रुचि होस भन्ने । मेरो बुबाको पनि थियो होला तर, उहाँले बाहिर देखाउनु भएन । किनकी उहाँलाई थाहा थियो खेलकुदमा लागेर भविस्य छैन भन्ने । पछी केही प्रतियोगिताको जित हारको कथाले नै उहाँको साथपनी पाए । बुबा नै हो मेरो सफलताको मुख्य पात्र,´ सागरले भने ।

 सागरले राष्ट्रियस्तरका प्रतियोगिताहरुमा १२ स्वर्ण र ३ काँस्य पदक जित्नलेका छन । सागरले नेपालमा रहदासम्म १६ वटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए । जसमा सगरले ३ स्वर्ण, २ रजत र १ काँस्य पदक जितेका छन् । सागरले सातौं राष्ट्रिय खेलकुदमा आर्मी क्लबका लागि स्वर्ण पदक जित्दा राष्ट्रिय स्तरको सबभन्दा ठूलो पदक उनको नाममा राह्यो ।

१८औँ एसियाड अन्तर्गत तेक्वान्दोमा अन्तिम १६ मा पुग्नु पनि सगरका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा पाएको ठुलो सफलता थियो । `मैले धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गरे । जसमा केही सफलता मिल्यो भने केहीमा सिक्ने अवसर । तर, समग्र रुपमा आफुलाई अब्बल खेलाडी सवित गर्ने मौका मैले पाए,´ सगरले भने ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *