काठमाडौँ- ललित मेमोरियल एन्फा यू-१८ यूथ लिगमा थ्री स्टार क्लबले खुमलटार क्लबलाई पराजित गरेको छ।
एन्फा कमप्लेक्समा भएको खेलमा थ्री स्टार क्लब ४-० गोलले विजयी भएको हो।
थ्री स्टारका लागि रोमन श्रेष्टले दुई गोल गर्दा सनिल स्याङत्याङ र क्याप्टेन बोगटीले १-१ गोल गरे।
यो जितसंगै आठ खेलमा थ्री स्टारले १३ अंक बटुलेको छ।
पराजित खुमलटारको समान खेलमा ३ अंक रहेको छ।

