काठमाडौं। एएफसी च्यालेन्ज लिग प्लेअफका लागि तयारी अन्तिम चरणमा पुगेको चर्च ब्वाइज युनाइटेडले जनाएको छ।

क्लबले साउन २९ गते दशरथ रंगशाला काठमाडौंमा भुटानको पारो एफसीसँग खेल्दैछ। मुख्य प्रशिक्षक बालगोपाल महर्जनले प्रतियोगिताको तयारी राम्रो भएको बताए।

राष्ट्रिय टोलीमा खेलिरहेका केही खेलाडी अनुबन्ध भएको उनले जानकारी दिए। यस्तै विदेशी खेलाडी पनि आफूसँगै खेलिरहेकाले तयारीमा आफू सन्तुष्ट रहेको बताए। ‘हामीले साउन १ देखि ट्रेनिङ गरिरहेका छौं। छोटो समयको तयारी भएपनि सिनियर टोलीमा लामाे समय खेलिरहेका खेलाडी भएको कारण खासै समस्या छैन। हाम्रो टिमले राम्रो प्रदर्शन गर्नेछ भन्नेमा म आशावादी छु’, उनले भने।

क्लबले ३ विदेशीसहित २३ जना खेलाडी अनुबन्ध गरेको छ। टोलीको कप्तानी अनन्त तामाङले गर्ने छन् भने उपकप्तानको जिम्मेवारी एरिक विष्टले पाएका छन्।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile