काठमाडौँ- बिहीबारबाट चौथो महिला राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता सुरु भएको छ ।
सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी हलमा हिजो बिहिबारबाट यो प्रतियोगिता सुरु भएको हो।
यस प्रतियोगितामा तीन विभागीय टोलि र सात प्रदेशका खेलाडीले भाग लिनेछन् ।
ग्यारोगी (फाइट) र पुम्से (फर्म) विधामा हुने ५२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।