काठमाडौं_ कराँते खेलको मुख्य प्रशिक्षकमा दिपक श्रेष्ठलाई राष्ट्रिय खेलकुद परिषद्ले नियुक्ति गरेको छ ।
सदस्य सचिव स्तरीय निर्णय अनुसार श्रेष्ठलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो।
प्रशिक्षक श्रेष्ठ यसअघि सहायक मुख्य प्रशिक्षकका रुपमा कार्यरत रहेका थिए ।
कराँतेको मुख्य प्रशिक्षक रहेका तुल्सी महर्जन उमेर हदका कारण अवकास पाएपछि केही महिनादेखि कराँते मुख्य प्रशिक्षकको पद खाली रहेको थियो ।
