काठमाडौँ- संकटा फुटबल क्लबले ललित मेमोरियल एन्फा यू-१८ लिगका सातदोबाटो युथ क्लबलाई पराजित गरेको छ।
एन्फा कमप्लेक्समा भएको खेलमा संकटा ६-० गोलले विजयो बनेको हो।
संकटाको जितमा सबिन मगरले ह्याट्रिक गर्दा अजित चौधरि र सोनाम योल्मोले गोल गरे।
यो जितसंगै संकटा आठ खेलमा १२ अंक जोड्दै छैटौ स्थानमा उक्लिएको छ।
पराजित सातदोबाटोको समान खेलमा ४ अंक रहेको छ।

