काठमाडौँ- लिग लिडर नेपाल पुलिस क्लबले मछिन्द्र फुटबल क्लबसंग बराबरि खेल्दै अंक बाढेको छ।
ललित मेमोरियल एन्फा यू-१८ फुटबल लिगमा दुवै टोलिले ३-३ गोलको बराबरि खेलेका हुन्।
मछिन्द्रका लागि प्रशान्त म्याङ्बो,रोनिक राना मगर र पदम तामाङले गोल गरे।
पुलिसका लागि सुवास बम, बिक्रम गौतम र सुजल घलेले गोल गरे।
यो नतिजासंगै पुलिसले ८ खेलमा २० अंक जोड्दै शिर्ष स्थानमा दुई अंकको अग्रता बनाएको छ।
उता मछिन्द्रको समान खेलमा १५ अंक रहेको छ।

