काठमाडौ- श्रीलंकाले २७ वर्ष पछि भारतविरुद्ध ओडिआई सिरिज जितेको छ ।

श्रीलंकाले सिरिजको तेस्रो तथा अन्तिम खेल ११० रनले जितेसंगै सन् १९९७ पछि पहिलो पटक यो उपलब्धि हासिल गरेको हो।

श्रीलंकाले दिएको २४९ रनको लक्ष्य पछ्याएको भारत २६.१ ओभरमा १३८ रनमा अलआउट भयो।

भारत सस्तैमा अलआउट हुदा श्रीलंकाले ३ खेलको ओडिआई सिरिज २-० ले जित्न सफल भयो।

भारतका लागि कप्तान ३५, वासिङ्टन सुन्दरले ३० र विराट कोहलीले २० रन बनाएका थिए ।

श्रीलंकाका लागि दुनिथ विलालागेले सर्वाधिक ५ विकेट लिए । जेर्फि भेन्डारसे र महेश तिक्सेनाले समान २-२ तथा आसिथा फर्नाडाले १ विकेट लिए ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile