काठमाडौ- प्रि सिजनको मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब रियल म्याड्रिडले इंग्लिस क्लब चेल्सीलाई पराजित गरेको छ।
अमेरिका भ्रमणमा रहेका दुई टोलिबिचको खेलमा रियलले चेल्सीलाई २-१ ले हराएको हो ।
रियलका लागि लुकास भाज्क्वेज र ब्राहिम डिआजले गोल गरे।
चेल्सीका लागि नोनी माडुकेले १ गोल फर्काएका थिए।
नयाँ सिजनको प्रिमियर लिग अगष्ट १७ देखि सुरु हुदा ला लिगा अगष्ट १५ देखि सुरु हुदैछ।

