काठमाडौँ- प्रि–सिजनको अन्तिम मैत्रीपूर्ण खेलमा एसि मिलानसँग पेनाल्टी सुटआउटमा बार्सिलोना पराजित भएको छ।
अमेरिकामा भएको खेलको निर्धारित समय दुवै टोलिले २-२ गोलको बराबरि खेलेका थिए।
बार्साका लागि दुवै गोल रोबर्ट लेवान्डोस्कीले गरे। मिलानका लागि लुका जोभिकले र क्रिष्टियन पुलिसिकले गोल गरे।
पेनाल्टीमा बार्सा ४–३ गोलले पराजित भएको हो।
नयाँ सिजनको तयारिमा रहेको बार्सिलोना अब स्पेन फर्किनेछ। स्पेनिस शिर्ष डिभिजनको लिग ला लिगा अगष्ट १५ बाट सुरु हुनेछ।

