काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगको उपाधिका लागि आज नेपाल र भारतको महाभिडन्त हुदैछ।
समुह चरणको खेलमा भारतविरुद्ध ऐतिहासिक जित निकालेको नेपाल त्यहि लक्ष्यलाई दोहोर्याउने लक्ष्यमा रहेको छ।
फाइनल खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा साँझ ५ बजेबाट सुरु हुनेछ ।
नेपाल इरानलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो भने भारत श्रीलंकालाई हराउँदै फाइनल प्रवेश गरेको हो ।
नेपाललाई सन् २०१९ मा दक्षिण एसियाली खेलकुद सागमा भारतसँग घरेलु मैदानमा अन्तिम सेटमा उपाधि गुमाएको बदला लिने मौका रहेको छ।