काठमाडौँ- इरानलाई हराउदै नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिग भलिबलको फाइनलमा प्रवेश गरेको छ।

मंगलबार इरानलाई ३-० को सोझो सेटमा हराउँदै भारतसँगको उपाधि भिडन्त पक्का गरेको हो ।

राखेपको कभर्डहलमा मंगलबार भएको सेमिफाइनल खेलमा नेपालले इरानलाई २५-२१, २८-२६ र २५-२० ले हराएको हो ।

राउन्ड रोविन लिगमा इरानले नेपाललाई ३-२ सेटले पराजित गरेको थियो ।

नेपालले फाइनमा भारतसंग खेल्नेछ। फाइनल खेल भोलि बुधबार साँझ ५ बजे हुनेछ। इरान र श्रीलंकाबीच तेस्रो स्थानको लागि दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *