काठमाडौँ-  ललित मेमोरियल एन्फा यू-१८ यूथ लिगमा चर्च बोइज युनाइटेडले खुमलटार एफसिलाई पराजित गरेको छ।

एन्फा कमप्लेक्समा आज भएको दोस्रो खेलमा चर्च २-१ गोलले विजयी भएको हो।

चर्चका लागि सन्दिप मगर र आभाष रोकाले गोल गरे। खुमलटारका लागि कप्तान एलिक श्रेष्टले गोल गरे।

यो नतिजासंगै चर्च बोइज ७ खेलबाट १३ अंक जोडेको छ।   

खुमलटारको समान खेलमा मात्र ३ अंक रहेको छ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *